Government of Nepal

Ministry of Industry, Commerce and Supplies

Department of Mines and Geology

Government of Nepal

Department of Mines and Geology

Lainchour, Kathmandu

Professional and Creative Administration:
Development, Prosperity and Good Governance

Notice for Renewal of Mining and Prospecting License

Published Date : 2020-10-17

नेपाल सरकार उद्योग,

वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाण्डौ

खनिज कार्यको अनुमतिपत्र नविकरण बारेको सूचना

प्रकाशित मिति 2077।07।01

यस विभागद्धारा खानी तथा खनिज पदार्थ ऐन, 2042 तथा नियमावली, 2056 अन्तर्गत खनिज उत्खनन् र खोजतलास अनुमतिपत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा 7 र नियमावलीको नियम 42 को व्यवस्था अनुसार आर्थिक वर्ष (076/77) समाप्त भएको 3 (तीन) महिनाभित्र अनुमति पत्र नविकरण गराई सक्नुपर्नेमा म्याद गुजारी बसेकोले ऐनको दफा 25 को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । खानी तथा खनिज पदार्थ ऐन, 2042 (संशोधन सहित) तथा नियमावली, 2056 (संशोधन सहित) को म्यादभित्र नविकरण गराउन नसकेको मनासिव कारण भए सोको स्पष्टिकरण मिति 2077।07।01 गतेबाट लागू हुने गरि 35 (पैंतिस) दिनभित्र विभागमा प्रस्तुत गर्नु होला, म्याद भित्र नआएमा ऐन, नियम बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।