नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

विभागको स्वरुप


(क) विभागको स्वरुप र प्रकृति:

स्वरुप: स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्य वाट खनिजजन्य उद्योगहरुको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले नेपाल सरकारवाट २०३३ (सन् १९७६) सालमा तत्कालिन खानी विभाग र भौगर्भिक सर्भेक्षण विभागलाई एकिकृत भई श्री उधोग मन्त्रालय अन्तरगत एक मात्र केन्द्रिय निकाय “खानी तथा भूगर्भ विभाग” नामाकरण गरी संचालनमा रहेको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७४।१२।१४ तथा २०७५/०१/०४ को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी ३ महाशाखा,  तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी ३ केन्द्र तथा  २५ शाखाहरु,  भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।   

प्रकृति: भू–बैज्ञानिक तथा भूकम्पिय अध्ययन, भौगर्भिक सर्वेक्षण, खनिज अन्वेषण, पेट्रेलियम अन्वेषण, खनिज जन्य उद्योगको विकास, खनिज प्रशासन, खानी अनुगमन तथा निरिक्षण ।

(ख) विभागको काम, कर्तव्य र अधिकार

नेपाल सरकार कार्य विभाजन नियमावली, २०६९ मा तोकिएबमोजिम उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको काम, कर्तव्य र अधिकारको बुँदा नं. २ र ३ मा खानी तथा भूगर्भ सम्बन्धी देहायको काम, कर्तव्य र अधिकारको प्रावधान निश्चित गरिएको छ :-

खानी तथा खनिज पदार्थ अन्वेषण सम्बन्धी नीति, योजना, कार्यान्वयन तथा नियमन ।

  • खानी तथा खनिज विकास विषयक अध्ययन, अन्वेषण तथा सर्वेक्षण ।

उपरोक्त काम, कर्तव्य र अधिकारको दायरालाई आत्मसात् गर्दै खानी तथा भूगर्भ विभागले सम्पादन गर्ने कार्यको आधारमा यस विभागको देहायको काम, कर्तव्य र अधिकार रहेको छ:-

भूवैज्ञानिक अध्ययन, अनुसन्धान, सर्वेक्षण ।

  • खानी तथा खनिज पदार्थ सम्बद्ध सरकारका नीति तथा योजनाको कार्यान्वयन एवम् नियमन ।
  • खानी तथा खनिजजन्य उद्योगहरु प्रवर्धन, सञ्चालन एवम् प्रवद्र्धनको पूर्वाधार निर्माण ।
  • देशमा उपलब्ध प्राकृतिक ग्याँस तथा पेट्रोलियम श्रोतको अध्ययन, अनुसन्धान, अन्वेषण, प्रवद्र्धन एवम् विकास ।
  • भूकम्पीय वस्तुगत तथ्याङ्क प्राप्तिका निमित्त तथा भूकम्पीय प्रकोप सम्बन्धमा नियमित अध्ययन, अनुसन्धान, अन्वेषणमा तदारुकता एवम् निरन्तरता ।
  • माथिका बुँदाहरुसँग प्रासङ्गिक भई विभागद्वारा गरिने अन्य आवश्यक कार्यहरु ।
  • विभागको उदेश्य स्
  • भू वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी देशको भौगर्भिक ज्ञानमा अभिवृद्धि गर्ने ।
  • खनिज सम्पदाहरुको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी सो मा आधारित खनिज उद्योगहरुको विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने ।
  • खानी तथा खनिज पदार्थको अध्ययन, अनुसंन्धानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउने ।
  • खनिज भण्डारमा आधारित खानी तथा खनिज उद्योगहरुको प्रवर्धन, विकास, तथा सञ्चालन गर्न खानी तथा खनिज पदार्थ ऐन तथा नियमहरु तर्जुमा गरी लागु गर्ने ।
  • भूकम्पीय अध्ययन तथा अनुसन्धान, भूकम्प र भूकम्पीय प्रकोपको सहि निगरानी राख्ने ।
  • पेट्रोलियम तथा प्रा. ग्याँस हुन सक्ने संभावित क्षेत्रमा भौगर्भिक तथा भू–भौतिक अन्वेषण गरी पेट्रोलियमका भण्डारहरु पत्ता लगाई राष्ट्रियरअन्तराष्ट्रिय लगानीकर्तालाई पेट्रोलियम अन्वेषण एवं उत्पादन गर्न आकर्षण गर्ने ।

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

कर्मचारी संख्या: जम्मा कर्मचारी संख्या १४४ मध्ये प्राविधिक ९५, अप्राविधिकमा १९ र श्रेणी विहिन ३० कर्मचारीहरु कार्यरत छन् । महानिर्देशक, महाशाखा प्रमुख ३ केन्द्र प्रमुख ३ गरि रा.प.प्र. श्रेणी को ७, जियोलोजिष्ट ४९, केमिष्ट ९ , माइनिङ्ग इन्जिनियर ६, मेटालर्जिकल ईन्जिनियर,  केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर,  रिसर्च अधिकृत, डकुमेण्टेशन अफिसर, नापी अधिकृत, सिनियर ड्रिलर र कम्प्युटर अधिकृत ७ गरी जम्मा अधिकृत स्तरको प्राविधिक जनशक्तिहरु ७९ व्यवस्था गरिएको छ ।    

कार्य विवरण:

  • भूविज्ञान महाशाखा
  • भौगर्भिक म्यापिङ्ग शाखा: भौगर्भिक तथ्याङ्क संकलन तथा भौगर्भिक नक्सा प्रकाशन ।
  • रिमोट सेन्सिङ्ग तथा जियोलोजिकल डाटा सेन्टर: दूर संवेदन प्रविधि तथा न्क्ष्क् प्रविधिको उपयोगवाट भौगर्भिक सर्भेक्षण तथा जियोहेजार्ड नक्सा प्रकाशन गर्ने ।
  • इञ्जिनियरिङ्ग जियोलोजी शाखा: व्यवस्थित शहरी विकासको लागि इन्जिनियरिङ्ग जियोलोजिकल अध्ययन गर्ने । व्यवस्थित शहरी विकास तथा फोहर मैला व्यवस्थापन को लागि अध्ययन, अनुसन्धान तथा प्रतिवेदन तयार गर्ने । फिल्डवाट संकलित चट्टानको नमूनाहरुको जियोटेक्निकल तथा इन्जिनियरिङ्ग गुणहरुको परिक्षण गर्ने ।
  • पहिरो अनुसन्धान शाखा: पहिरो सम्बन्धी भौगर्भिक अध्ययन अनुसन्धान तथा सुचना संकलन।
  • भू-भौतिक तथा भू- रसायनिक शाखा: भू–भौतिक तथा भू–रसायनिक अध्ययनवाट खनिज श्रोतको अन्वेषण कार्य गर्ने ।
  • खनिज सम्पदा महाशाखा
  • खनिज अन्वेषण शाखा: धातु खनिजको अध्ययन अनुसन्धान गर्ने । अधातु खनिजको अध्ययन तथा अनुसन्धान गर्ने
  • ड्रिलीङ तथा एक्सप्लोटरी माइनिङ शाखा: खानिज भण्डारको परिमाण यकिन गर्न ड्रिलिङ्ग कार्य गर्ने ।
  • प्राकृतिक ग्याँस शाखा : कोइला तथा प्राकृतिक ग्याँसको अध्ययन तथा अनुसन्धान गर्ने ।
  • खानी अनुमति तथा प्रशासन शाखा : खनिज कार्यको लागि खोजतलास तथा उत्खनन्को अनुमतिपत्र प्रदान गर्ने ।
  • खानी अनुगमन शाखा: संचालनमा रहेका खानीहरुको प्राविधिक तथा वातावरणीय विवादको समाधानको तथा खानीहरुको अनुगमन र निरिक्षण गर्ने ।
  • योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा
  • योजना, कार्यक्रम तथा सूचना शाखा : पञ्चवर्षिय योजना, वार्षिक कार्यक्रम तथा बजेटको तयारी, कार्यक्रम संचालन तथा मूल्यांकन, प्रगति प्रतिवेदन तथा सूचना प्रबाह र संकलन गर्ने ।
  • कन्भेसनल एनलाइसिस शाखा: प्रचलित तरिकावाट धाउ, चट्टान र खनिज पदार्थमा रहेको तत्वहरुको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।
  • ट्रेस इलिमेन्ट एनलासिस शाखा: जियोकेमिकल नमूनाहरु जस्तै पानी, माटो आदिको गुणात्मक र परिमाणात्मक परिक्षण, विश्लेषण कार्य गर्ने ।
  • स्याम्पल प्रिप्रेसन तथा स्टोर शाखा: विभिन्न फिल्ड कार्यवाट सम्पन्न भएका नमूनाहरुको रसायनिक परिक्षणको लागि स्याम्पल प्रिपरेसन गर्ने तथा सो नमूनाहरुको व्यवस्थित रुपमा संकलन गर्ने ।
  • प्रशासन शाखा: विभागीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
  • आर्थिक प्रशासन शाखा: विभागीय आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने ।

 

  • पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र
  • पेट्रोलियम प्रवर्द्धन शाखा: पेट्रोलियम भण्डारको आर्थिक अध्ययन तथा प्रवद्र्धन कार्य गर्ने ।
  • डाटा इन्टरप्रिटेशन तथा डकुमेन्टेशन शाखा: भौगर्भिक, भू–भौतिक तथा भू–रसायनिक अनुसन्धान कार्यवाट प्राप्त डाटाहरुको इन्टरप्रिटेसन तथा डकुमेन्टेसन गर्ने ।  
  • पेट्रोलियम अन्वेषण शाखा: पेट्रोलियम अन्वेषण कार्यको लागि भू–भौतिक एसोम्याग्नेटिक साइस्मिक तथा ग्राभीटी सर्भेक्षण सम्बन्धि कार्य गर्ने ।
  • खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र
  • खनिज आर्थिक अध्ययन तथा प्रवर्द्धन शाखा: पत्ता लागेका खनिज भण्डारको प्राविधिक, आर्थिक, अध्ययनको अधारमा डाटा प्याकेज तयार गरीउद्योग प्रबद्र्धन सम्बन्धि कार्य गर्ने ।
  • खनिज भण्डार मूल्यांकन शाखा : अन्वेषण कार्यवाट पत्ता लागेको अधातु र धातु खनिज भण्डारको परिमाण तथा गुणको मूल्याङ्ककन गर्ने ।
  • खनिज प्रशोधन प्रयोगशाला : धातु र अधातु खनिजको प्रसोधन तथा विनिफिसियसन गर्ने
  • मिनरोलजी तथा जेमोलोजी शाखा: चट्टान तथा खनिजका नमूनाहरुको थिन सेक्सन तथा पोलिष्ड सेक्सन बनाई परिक्षण गर्ने ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
  • भूकम्प मापन तथा स्यास्मिक हजार्ड मूल्याड्ढन शाखा : साइस्मिक स्टेसन, डाटा संकलन तथा प्रसोधन कार्य तथा भूकम्पिय जोखिम मुल्याङ्कन गर्ने ।
  • जियोडेसी तथा प्यालियो सेस्मोलोजी शाखा: GPS स्टेसनको संचालन, सुचना संकलन तथा पुराना भूकम्पिय दरारहरुको अध्ययन अनुसन्धान।
instagram takipçi instagram takipçi free followers for instagram instagram takipçi satın al instagram free followers free instagram followers instagram takipçi kasma instagram beğeni hilesi cheat follower for instagram instagram giriş instagram free follower instagram takipçi kasma instagram takipçi hilesi instagram beğeni hilesi instagram takipçi instagram giriş instagram takipçi satın al instagram free followers instagram free follower cheat follower for instagram free instagram followers free followers for instagram canlı casino adana escort bedava bonus veren bahis siteleri hoşgeldin bonusu veren bahis siteleri canlı bahis Ataşehir Escort http://www.34rty.com/ad-category/bostanci-escort/ Kadikoy Escort