सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एवं बिकासको लागि एक मात्र सरकारी निकायका रुपमा खानी तथा भूगर्भ विभाग क्रियाशील रहेको छ । नेपालको संभवत सबैभन्दा पुरानो बिभागहरु मध्ये एउटा विभागको रुपमा आफ्नो परिचय बनाउन सफल यस विभागकोे विकासक्रमको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने बि. सं. १९८६ मा नहर तथा जियोलजि अड्डा , बि. सं. १९९९ मा खानी अड्डा, बि. सं. २०२४ मा भौगभिक सर्भेक्षण बिभाग हुंदै बि. सं. २०३३ मा आएर यसको नामाकरण खानी तथा भूगर्भ विभाग हुन पुगेको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७४।१२।१४ तथा २०७५/०१/०४ को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी ३ महाशाखा, तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी ३ केन्द्र तथा २५ शाखाहरु, भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।