हाम्रो बारेमा
नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एवं बिकासको लागि एक मात्र सरकारी निकायका रुपमा खानी तथा भूगर्भ विभाग क्रियाशील रहेको छ । नेपालको संभवत सबैभन्दा पुरानो बिभागहरु मध्ये एउटा विभागको रुपमा आफ्नो परिचय बनाउन सफल यस विभागकोे विकासक्रमको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने बि. सं. १९८६ मा नहर तथा जियोलजि अड्डा , बि. सं. १९९९ मा खानी अड्डा, बि. सं. २०२४ मा भौगभिक सर्भेक्षण बिभाग हुंदै बि. सं. २०३३ मा आएर यसको नामाकरण खानी तथा भूगर्भ विभाग हुन पुगेको हो ।