सुचना पाटी
- शिलबन्दी दरभाउपत्र आह्ववानको सुचना: सिन्धुपाल्चोक स्थित गुम्बा साईस्मिक स्टेसनको पालेघर निर्माण -
- आशयको सुचना: केमिकल तथा ग्लासवयर शिलबन्दी दरभाउपत्र -
- आशयको सुचना: रसायन प्रयोगशाला भवन मर्मत -
- खनिज उत्पादन रोयल्टिको विवरण बझाउने सम्बन्धमा -
- बोलपत्र आह्वानको सुचना: ल्याब मर्मत तथा उपकरण खरिद -
आ.व. २०७७/७८ को सूची दर्ता गराउने बारेको सूचना ।
सूची दर्ता गराउने बारेको सूचना ।
यस विभागलाई आ.व. ०७७/०७८ का लागि तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त दर्तावाल फर्म , कम्पनी, विक्रेता तथाा सेवा प्रदायकले यो सूचना प्रकाशित भएको मितिले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनको लागि मौजुदा सूचीमा दर्ता हुन यस विभागको दर्ता फाँटमा आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । आफुले गर्न चाहेको कार्यको लागि रु १० को टिकट टाँस गरी विषयगत रुपमा छुट्टाछुट्टै दरखास्त दर्ता गराउनु पर्नेछ । प्राप्त आवेदनलाई सूचीमा समावेश गर्ने नगर्ने सम्पूर्ण अधिकार यस विभागमा रहनेछ ।
तपसिल
१. स्टेशनरी सामान मसलन्द तथा विविध कार्य
२. भौगर्भिक नक्शा तथा छपाई सम्बन्धी कार्य
३. मसलन्द छपाई सम्बन्धी कार्य
४. काठ तथा स्टिलका फर्निचर खरिद तथा मर्मत कार्य
५. इलेक्ट्रोनिक्स तथा विद्युतीय सामान खरिद तथा मर्मत कार्य
६. कम्प्युटर, प्रिन्टर, फोटोकपि, युपीयस खरिद तथा मर्मत कार्य
७. रसायन प्रयोगशालाका मेशिन, औजार तथा केमिकलहरु सम्बन्धी सामानहरु
८. सवारी साधन, पार्टस् तथा मर्मत सम्बन्धी कार्य
९. भवन निर्माण तथा मर्मत सम्बन्धी कार्य
१०. कम्प्युटर तालिम, विज्ञापन प्रकाशन, सफ्टवेयर निर्माण आदि सेवा, परामर्श सम्बन्धी कार्य
११. गुणस्तरिय पिउने पानीको आपूर्ति
१२. भौगर्भिक अन्वेषण तथा अध्ययन, अनुसन्धान सम्बन्धी मेशिन उपकरणहरु
१३. भौगर्भिक अन्वेषण तथा अन्य प्राविधिक सेवा सम्बन्धी
१४. बाटो तथा विद्युत लाइनको सर्भे डिजाइन तथा निर्माण सम्बन्धी कार्यको लागि प्राविधिक तथा परामर्श सेवा
१५. कार्यालयलाई आवश्यक पर्ने विभिन्न परामर्श सेवाहरु
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु
१. चालु आ.व.को नविकरण भएको इजाजतपत्र
२. फर्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३. स्थायी लेखानम्बर र मू.अ. करमा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४. आ.व. ०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि वा सो अवधिको सम्बन्धीत राजश्व कार्यालयबाट प्राप्त कर दाखिला विवरण पत्रको प्रमाणित प्रतिलिपि
५. विगत वर्षमा काम गरेको अनुभवको प्रमाण पत्र